हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ « Khabarhub

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले परिचित राजकुमार तामाङ लामालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले मंगलबार धनकुटाको पाख्रीबास नगरपालिका–९ का स्थायी बासिन्दा उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

लामा काठमाडौंको बबरमहलमा भएको बम विस्फोटका मुख्य नाइकेका रुपमा चर्चित छन् । बबरमहलस्थित नेपाल आयल निगमको गेटमा २०६८ फागुन १५ गते भएको बम विस्फोटमा परेर तीन जनाले ज्यान गुमाएका थिए। उनी उक्त मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा बाँकी सजाय माफी पाएर छुटेका थिए ।

लामा जेलबाट पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फरार देखिएका उनलाई सीआईबीको टोलीले पक्राउ गरेर पाँचथर पठाउन लागेको छ।

धरानका मेयर हर्कले गठन गरेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष उनी राजनीतिमा सक्रिय थिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ४५ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले