स्वास्थ्यचौकीलाई उपकरण सहयोग « Khabarhub

स्वास्थ्यचौकीलाई उपकरण सहयोग


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।

मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो ।

स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । 

उनले भने, ‘यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या हटेको छ ।’

स्वास्थ्यचौकीमा दैनिक गर्भवती जाँचका लागि आउने गरेका छन् । प्रमुख ठाकुरले अल्ट्रासाउन्ड उपलब्ध भएपछि गर्भावस्थादेखि शिशु जन्माउने बेलासम्म जाँच गर्दा आर्थिक भार बेहोर्नुपर्ने छैन ।

लहानस्थित होप फाउन्डेसनका अध्यक्ष पार्वती सुब्बाका अनुसार ‘बन हर्ट वल्र्डवाइड’को सहयोगमा दुई लाख २३ हजार रुपैयाँ बराबरको अल्ट्रासाउन्ड उपकरण प्रदान गरिएको हो । यस सहयोगले गरिब तथा विपन्न समुदायका गर्भवतीलाई महँगो शुल्क तिरेर निजी क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

उक्त उपकरण बन हर्ट वल्र्डवाइडका जिल्ला संयोजक कवीन्द्र रेग्मी र होप फाउन्डेसनकी अध्यक्ष सुब्बाले स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ०१ बजे

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक