स्वास्थ्यचौकीलाई उपकरण सहयोग « Khabarhub

स्वास्थ्यचौकीलाई उपकरण सहयोग


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।

मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो ।

स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । 

उनले भने, ‘यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या हटेको छ ।’

स्वास्थ्यचौकीमा दैनिक गर्भवती जाँचका लागि आउने गरेका छन् । प्रमुख ठाकुरले अल्ट्रासाउन्ड उपलब्ध भएपछि गर्भावस्थादेखि शिशु जन्माउने बेलासम्म जाँच गर्दा आर्थिक भार बेहोर्नुपर्ने छैन ।

लहानस्थित होप फाउन्डेसनका अध्यक्ष पार्वती सुब्बाका अनुसार ‘बन हर्ट वल्र्डवाइड’को सहयोगमा दुई लाख २३ हजार रुपैयाँ बराबरको अल्ट्रासाउन्ड उपकरण प्रदान गरिएको हो । यस सहयोगले गरिब तथा विपन्न समुदायका गर्भवतीलाई महँगो शुल्क तिरेर निजी क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

उक्त उपकरण बन हर्ट वल्र्डवाइडका जिल्ला संयोजक कवीन्द्र रेग्मी र होप फाउन्डेसनकी अध्यक्ष सुब्बाले स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ०१ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले