आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। विपक्षी साथीले साथ दिनेछन्। कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। अचानक पेट सम्बन्धी समस्या हुनसक्छ। चिसोबाट बच्नुपर्नेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : साथीभाइ दाहिना रहेका छन्। अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको व्यवहारले मन अशान्त बन्नेछ। धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ। परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ।

कन्या : सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ। जसले गर्दा उत्पादन घटाउने जोखिम छ। व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ। चिसोबाट सचेत बन्नुपर्ने समय छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

तुला : दिन राम्रो छ। सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राज्यले सेवाको अवसर दिनेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय छ। खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ। स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँग मेल मिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। चिसोबाट हुने रोगबाट सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन्। शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ। बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ०१ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ