डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित « Khabarhub

डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लन्डन – अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ।

खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो। तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो।

गत साता मात्र ५ वर्ष ६ महिनाको नयाँ सम्झौता गरेका डिलालाले खेल सकिन नौ मिनेट बाँकी छदा बराबरी गोल गरे। इन्जुरी समयको पहिलो मिनेटमा उनले क्रिस्चियन इरिक्सनले दिएको पासमा अर्को गोल थपे। त्यसको लगत्तै साउथ हम्टनका खेलाडी बिचको असमझदारीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २-० ले हराएको छ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ३८ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को