बेनी–मल्लाज सडक स्तरोन्नति | Khabarhub Khabarhub

बेनी–मल्लाज सडक स्तरोन्नति


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँच वटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । 

उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो । घुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

पर्वत–बेनी खानेपानी योजनाको ट्यांकीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए। उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालु आर्थिक वर्ष २०८१-८२ मा ५० लाख विनियोजन गरेका थिए । 

सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको जलजला–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए । 

यसअघि आव २०७९र८० मा  एक करोड १५ लाखको लागतमा सोही सडकको विभिन्न ठाउँमा चार सय सात मिटर दूरीमा सडक फराकिलो, उकालोमा आरसिसी ढलान, नाली, ग्याबियन जाली र मेसिनरी पर्खाल निर्माण गरिएको थियो । 

मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागिसदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । विसं २०७३ मा मार्ग खुलेको तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएको छ । बाँकी ठाउँमा आगामी वर्ष स्तरोन्नति गरिने जनप्रतिनिधिले बताएका छन् । 

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत मल्लाजको भुरतुलाबाट लेकफाँटतर्फ कालोपत्रसहित स्तरोन्नति योजना निर्माणाधीन छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत गत असारमा जलजला वडा नं ४ को दोवदोवेबाट वडा न ३ र २ को मल्लाज हुँदै वडा नं १ बाँसखर्कको सिमानासम्म तीन किलोमिटर एक सय मिटर कालोपत्र र दुई सय ५० मिटर सडक ढलान भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : २७ बजे

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य

भैरहवा– भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको

अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण

मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी

रौतहटमा दुनाटपरीको माग उच्च

रौतहट– हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको

न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडीरएमएस कार्यक्रम नेपाल