बेलायती वैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला « Khabarhub

बेलायती वैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा लगभग २०० डायनासोरको खुट्टाको छाप भेटेका छन् ।

यी निशान जुरासिक कालका हुन् र करिब १६ करोड ६० लाख वर्ष पुरानो मानिने यो खोजले अनुसन्धानकर्ताहरूलाई रोमाञ्चित बनाएको छ। यो खोज बेलायतको इतिहासमा सबैभन्दा ठूलो खोज मानिएको छ।

अन्वेषकहरूका अनुसार यी पदचिह्नहरू विशाल डायनासोर राजमार्गको अंश हुन सक्छन्, जुन डायनासोरहरूले त्यस समयमा लिएको बाटोको चिन्ह देखाएको छ । यो राजमार्गमा ९ मिटर लामो सिकारी डायनासोर र मेगालोसोरस जस्ता शाकाहारी डायनासोरको खुट्टाको छाप भेटिएको हो । 

अन्वेषकहरूले विश्वास गर्छन् कि यी डायनासोरहरू समुद्र तटमा वा खानाको खोजीमा गएको बेला यो पद चिन्ह गढिएर बसेको थियो ।

यो खोज खानी ग्यारी जोन्सनले गरेका थिए, जसले २०२३ मा सडक निर्माणका लागि चुनढुङ्गा निकाल्ने क्रममा यी अनौठो देखिने क्रेटरहरू देखेका थिए। त्यस बेलादेखि यो अनौठो खोजले जीवाश्मविद्हरूको ध्यान आकर्षित गर्‍यो। अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरूले यी पदचिह्नहरू अध्ययन गरेका थिए । अन्तमा यो पत्ता लगाए कि यी चिन्हहरू जटिल नेटवर्कमा जोडिएका छन्।

युनिभर्सिटी अफ बर्मिङ्घमले एक प्रेस विज्ञप्ति जारी गर्दै, यो खोजले जुरासिक कालमा डायनासोरको जीवन र व्यवहार बुझ्न मद्दत गर्ने बताएको छ । 

यो ट्र्याक वे समुद्री किनारमा बनेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास गरेका छन्  किनभने त्यसबेला समुद्र र जमिनको बीचमा दूरी केही मात्रामा थियो र डाइनोसरले त्यो बेला यो क्षेत्र हिँडडुलका लागि प्रयोग गरिरहेको खुलेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : १० बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी