भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता « Khabarhub

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अछाम– डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मंगलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको जानकारी दिए। 

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि रु चार लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ । 

प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख र सामान्य क्षति भएकालाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ ।

विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए । 

जसअनुसार मङ्गलसेन नगरपालिकामा चार सय ५६, कमलबजार नगरपालिकामा दुई सय ८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा सातसय ६०, ढकारी गाउँपालिकामा ८९, साँफेबगर नगरपालिकामा दुई हजार चारसय २८, रामारोशन गाउँपालिकामा दुईसय, मेल्लेख गाउँपालिकामा छसय तीन, तुर्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा छसय २६ घरमा क्षति पुगेको थियो । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : २५ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय