चीन : भू-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीको सफल शल्यक्रिया « Khabarhub

चीन : भू-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीको सफल शल्यक्रिया


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन् ।

यी अपरेशनहरूमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो । यी सबै अपरेसनहरू चीनको स्वदेशी सर्जिकल रोबोटिक प्रणालीको सहयोगमा गरिएको जनाइएको छ । सो शल्यक्रिया पछि बिरामी पूर्ण रूपमा निको भएर भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

शल्यक्रियाको क्रममा डाटा स्थानान्तरणले १,५०,००० किलोमिटरको दूरी कभर गरेको थियो, जुन चिकित्सा इतिहासमा पहिलो हो । चीनको यो स्याटेलाइट शल्यक्रिया प्रणालीले हिमाली र जलडमरू क्षेत्रमा सफलतापूर्वक जटिल अपरेसनहरू गर्न सक्षम छ भन्ने देखाएको छ ।

यो प्रविधिले युद्ध क्षेत्र र दुर्गम क्षेत्रहरूमा घाइते सैनिक र नागरिकहरूको उपचारमा क्रान्ति ल्याउन सक्छ। सन २०२० मा लन्च भएको एप स्टार–६डी ले १५ वर्षको आयुमा प्रति सेकेन्ड ५० जीबी डाटा ट्रान्सफर गर्न सक्छ।

यसले एशिया प्रशान्त क्षेत्र, समुद्री मार्गहरू र पृथ्वीको सतहको एक तिहाइ भाग समेट्छ। यस स्याटेलाइटको सहयोगमा विश्वभर २४ सै घण्टा चिकित्सा सेवा प्रदान गर्ने दिशामा यो ठूलो फड्को मानिँदै आएको छ ।

चीनको यो सफलता चिकित्सा क्षेत्रमा मात्र नभई सूचना प्रविधिको क्षेत्रमा पनि ठूलो उपलब्धि हो । यो प्रविधिले भविष्यमा खतरनाक चोटपटक र जटिल अपरेसनहरूको उपचार गर्न सजिलो बनाउन सक्छ।  -न्युजकारखानाबाट

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ११ : ४५ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक