सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा  « Khabarhub

सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरू छलफलमा 


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय काम कारबाहीका सम्बन्धमा प्रमुख सचेतकहरूले सिंहदरबारमा छलफल गरेका छन् । छलफल नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको हो । 

संसद्को अधिवेशन नचलेका बेला प्रतिपक्षी र सत्ता पक्षका सचेतकहरूले सिंहदरबारमा छलफल गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी  दिए । 

बर्तौलाका अनुसार सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमालेका बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार छन् । 

सरकारले हिउँदे अधिवेशनको रूपमा रहेको विधेयक अधिवेशन बोलाउन सकेको छैन । यो अधिवेशन मागको पहिलो साता नै बोलाउने भनिए पनि ५ वटा अध्यादेश ल्याएर सरकार सांसदबाट भागिरहेको प्रतिपक्षीको आरोप छ। सक्ता पक्षका नेताहरू भने माग १५गतेसम्ममा अधिवेशन बोलाउने सरकारको तयारी रहेको दाबी गर्छन् । 

आज मन्त्रीपरिषद् बैठक गरेर सरकारले सदन खुलाउने निर्णय गर्न सक्ने प्रधानमन्त्रीको सचिवालय बताउँछ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : ०२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र