‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक « Khabarhub

‘होस्टेल ३’को गीत ‘टिक टिक’ सार्वजनिक


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘होस्टल-३’को पहिलो गीत ‘टिक टिक’ सार्वजनिक भएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सन्तोष राणाले र्‍यापमा स्वर दिएका छन् ।

उक्त गीतमा भिडियोमा फिल्मका केन्द्रीय कलाकारहरू पारस बम (कुल ब्वाई), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् ।

भिडियोमा कलेजका विद्यार्थीहरूले एकआपसमा रमाइलो गरिएको देख्न सकिन्छ । भिडियोमाफर्त कलेजका साथीहरूको आत्मीयता देखाएको छ । गीतको शब्दले कलेज जीवनका उतारचढाव समेटेको छ ।

‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् । स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको बताइएको छ।

चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम