भीम रावलसँग जहाजमा एकै सिटको यात्राले कर्ण थापालाई तनाव | Khabarhub Khabarhub

भीम रावलसँग जहाजमा एकै सिटको यात्राले कर्ण थापालाई तनाव

भन्छन्– संयोगको यात्रा मात्रै हो, भ्रममा नपर्नुस्


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेबाट बहिर्गमनमा परेका डा. भीम रावलसँग जहाजको एकै सिटमा यात्रा गरेपछि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रष्टीकरण दिनु परेको छ ।

पुस ११ गते एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान चलाइरहेका रावल आउने श्री एयरलाइन्सको जहाजमा थापा पनि थिए । संयोग कस्तो भने श्रीको जहाजको एकै सिटमा दुवैजना धनगढी आइपुगेका हुन् ।

रावल र थापा एकसाथ जहाजमा बसेको फोटो सार्वजनिक भएलगत्तै भाइरल बनेको थियो । त्यसलगत्तै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् त्यसलाई केबल संयोग मात्रै भनेका छन् ।

थापा गृहजिल्ला बाजुराको बूढीगंगा नगरकमिटीको अधिवेशनमा भाग लिन आएका हुन् । संयोगले रावलसँग जहाजको एउटै सिट मिलेपछि दुवैजनाले फोटोसमेत खिचेका थिए ।

त्यही विषयलाई लिएर रावल-थापा यात्रा संयोग कि सल्लाह भनेर अनेक अड्कलबाजी भएका छन् । यस्तोमा थापाले प्रष्टीकरण दिनु परेको हो ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोलिदेखि बाजुरामा हुने एमालेका पालिका अधिवेशनमा भाग लिन काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा. रावलसँग भेट भयो । संयोगले सिटसँगै पर्‍यो । जहाजको कुनै यात्रीले फोटो खिचेर सामाजिक सञ्जालमा राखेछन् ।’

उनले उक्त फोटो राखेर कुनै एक अनलाइनले भ्रामक समाचार प्रकाशित गरेको बताएका छन् । ‘डा. भीम रावल र मेरो आजको यात्रा संयोगमात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ’, उनले भनेका छन्, ‘हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्‍यौँ । अब हामी आफ्नो बाटोमा हिँडेका छौँ । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु ।’

थापाले यसअघि रावललाई कारबाही गर्न नहुने बताउँदै आएका थिए । उनले रावललाई कारबाही गर्न नहुने भनेर गरेको लबिङ र चर्चाबीच पनि फोटोले थप मलजल गरेको छ ।

थापाले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीबारे पनि टिप्पणी गर्दै आएका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काउन सक्रिय नेतामध्ये एक हुन् ।

उता एमालेका पूर्वउपाध्यक्ष रावल अछामको रामारोशन गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा आएका हुन् । थापा बाजुराको बूढीगंगा नगरपालिकामा नगर कमिटी अधिवेशनमा भाग लिन आएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १ : ५६ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि