‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’ | Khabarhub Khabarhub

‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष डा. भीम रावल आफैं पार्टीमा बस्न नचाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा प्रेस चौतारी नेपालले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले रावलले एमालेमा बस्ने इच्छा नै नदेखाएको दाबी गरे ।

पोखरेलले रावलसँग पार्टीले अनुशासनका विषयमा दुई पटक स्पष्टीकरण सोध्दा जवाफ नै नदिएको खुलाए ।

‘एक पटक पठाएको स्पष्टीकरण उहाँले एक वर्षसम्म बुझ्न मान्नु भएन । पार्टी कार्यालयमै आएर जवाफ दिन्छु भन्नु भयो । एक वर्षसम्म त्यो स्पष्टीकरण त्यतिकै रह्यो, कहिल्यै जवाफ आएन’, उनले भने, ‘त्यसपछि पूरा एक साताको समय दिएर अर्को स्पष्टीकरण सोधेका थियौँ । सात दिनसम्म त्यसमा पनि जवाफ नै आएन ।’

रावलले सबै कुरामा असहति राखेर पार्टीमा न त जोडिन सक्ने न त रहन सक्ने अवस्था सिर्जना गरेको पनि पोखरेलको तर्क छ ।

‘हामीले पार्टीबाट हटाएको होइन, उहाँ आफैं हट्नु भएको हो । पार्टीमा उहाँ रहनै चहानु भएन’, उनले भने, ‘एकीकृत समाजवादी पार्टीले जस्तो २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण पनि उहाँलाई हामीले सोधेका थिएनौँ । पूरापूर समय दिएर सोध्दा पनि उहाँले अटेरी गरिरहनु भयो ।’

पोखरेलले हरेक मुद्दामा पार्टीभित्र बहस गर्न पाइने बताए । ‘पार्टीभित्र बहस गर्न पाइन्छ । तर एमालेभित्र बहस नै हुँदैन भन्न खोजिएको छ’, उनले थपे, ‘तर बहस पार्टी निर्णय गर्नुपूर्व हुन्छ । आफ्नो आफ्नो कुरा सार्वजनिक रुपमा गर्ने भए पार्टी किन चाहिन्थ्यो ?’

उनले सम्बन्ध विचित्र हुने बताउँदै त्यसले कहिलेकाहीँ ठिक-बेठिक छुट्याउन मुश्किल बनाउने बताए । ‘धेरै समय नेतृत्व गरेका नेताहरूको संगतको प्रभाव पारेको हुनुपर्छ। असहमत भएपछि अनेक तर्कहरू जन्माइन्छ । तर समाजले त्यसलाई मान्दैन’, उनले भने, ‘एमालेमा २०५४ सालमा दुर्घटना भयो । पार्टी फुटे पनि जनताले मन पराइदिएनन् । अहिले नेता कार्यकर्ताभन्दा जनता बुझ्ने छन् । नेताहरू कुरा नमिलेपछि फुट्नुपर्छ भन्छन् तर नेताहरू कुरा नमिलेपछि फुट्छन् ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : २३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं