‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’ « Khabarhub

‘भीम रावललाई एमालेबाट हटाइएको होइन, आफैं हट्नु भएको हो’


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष डा. भीम रावल आफैं पार्टीमा बस्न नचाहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा प्रेस चौतारी नेपालले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले रावलले एमालेमा बस्ने इच्छा नै नदेखाएको दाबी गरे ।

पोखरेलले रावलसँग पार्टीले अनुशासनका विषयमा दुई पटक स्पष्टीकरण सोध्दा जवाफ नै नदिएको खुलाए ।

‘एक पटक पठाएको स्पष्टीकरण उहाँले एक वर्षसम्म बुझ्न मान्नु भएन । पार्टी कार्यालयमै आएर जवाफ दिन्छु भन्नु भयो । एक वर्षसम्म त्यो स्पष्टीकरण त्यतिकै रह्यो, कहिल्यै जवाफ आएन’, उनले भने, ‘त्यसपछि पूरा एक साताको समय दिएर अर्को स्पष्टीकरण सोधेका थियौँ । सात दिनसम्म त्यसमा पनि जवाफ नै आएन ।’

रावलले सबै कुरामा असहति राखेर पार्टीमा न त जोडिन सक्ने न त रहन सक्ने अवस्था सिर्जना गरेको पनि पोखरेलको तर्क छ ।

‘हामीले पार्टीबाट हटाएको होइन, उहाँ आफैं हट्नु भएको हो । पार्टीमा उहाँ रहनै चहानु भएन’, उनले भने, ‘एकीकृत समाजवादी पार्टीले जस्तो २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण पनि उहाँलाई हामीले सोधेका थिएनौँ । पूरापूर समय दिएर सोध्दा पनि उहाँले अटेरी गरिरहनु भयो ।’

पोखरेलले हरेक मुद्दामा पार्टीभित्र बहस गर्न पाइने बताए । ‘पार्टीभित्र बहस गर्न पाइन्छ । तर एमालेभित्र बहस नै हुँदैन भन्न खोजिएको छ’, उनले थपे, ‘तर बहस पार्टी निर्णय गर्नुपूर्व हुन्छ । आफ्नो आफ्नो कुरा सार्वजनिक रुपमा गर्ने भए पार्टी किन चाहिन्थ्यो ?’

उनले सम्बन्ध विचित्र हुने बताउँदै त्यसले कहिलेकाहीँ ठिक-बेठिक छुट्याउन मुश्किल बनाउने बताए । ‘धेरै समय नेतृत्व गरेका नेताहरूको संगतको प्रभाव पारेको हुनुपर्छ। असहमत भएपछि अनेक तर्कहरू जन्माइन्छ । तर समाजले त्यसलाई मान्दैन’, उनले भने, ‘एमालेमा २०५४ सालमा दुर्घटना भयो । पार्टी फुटे पनि जनताले मन पराइदिएनन् । अहिले नेता कार्यकर्ताभन्दा जनता बुझ्ने छन् । नेताहरू कुरा नमिलेपछि फुट्नुपर्छ भन्छन् तर नेताहरू कुरा नमिलेपछि फुट्छन् ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : २३ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले