सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा « Khabarhub

सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा माग गरेका हुन् ।

‘जुन उद्देश्यले यो गठबन्धन बनाएको भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संसोधन २०८७ मा गर्ने भनेर प्रधानमन्त्रीले भनेपछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ प्रचण्डले भने, ‘तसर्थ, यो सरकारले नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको होइन ।’

पत्रकार सम्मेलन गरेर संघीय संसदभित्रका सात विपक्षी दलले ओली सरकारले भ्रष्टचारलाई बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएका छन् ।

आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी छन ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : २७ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र