सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा | Khabarhub Khabarhub

सात प्रतिपक्षी साक्षी राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा माग गरेका हुन् ।

‘जुन उद्देश्यले यो गठबन्धन बनाएको भनियो, त्यो कुनै काम गरेको छैन, बरू संविधान संसोधन २०८७ मा गर्ने भनेर प्रधानमन्त्रीले भनेपछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ प्रचण्डले भने, ‘तसर्थ, यो सरकारले नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको होइन ।’

पत्रकार सम्मेलन गरेर संघीय संसदभित्रका सात विपक्षी दलले ओली सरकारले भ्रष्टचारलाई बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएका छन् ।

आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी छन ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : २७ बजे

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली