अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, ‘जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउने भन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन्।’

उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताएका छन् । 

राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।’

कानुनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइन कम दण्डको प्रतिस्थापन हो ।

राष्ट्रपति बाइडेनले गत महिना करिब एक हजार ५०० व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र कर सम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका राष्ट्रपति बाइडेनका छोरा हन्टर पनि थिए । 

यसैबीच बाइडेनले केही सहयोगी र पूर्व अधिकारीहरूलाई पूर्ण माफी दिने वा नदिने भन्ने विषयमा बहस गरिरहेका छन् किनकि ट्रम्पले यसअघि ‘प्रतिशोध’ को संज्ञा दिएका थिए । 

गत डिसेम्बरमा राष्ट्रपति बाइडेनले सङ्घीय मृत्युदण्डमा रहेका ४० मध्ये ३७ जना कैदीको मृत्युदण्डको सजाय घटाएका थिए । 

सन् २०१३ को बोस्टन म्याराथन बम वर्षकमध्ये एक, सन् २०१८ मा ११ जना यहूदी उपासकको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्च गएको आरोपमा हत्या गर्ने श्वेत सर्वोच्चतावादीलाई यस सजाय छुटको निर्णयबाट हटाइएको थियो ।

रिपब्लिकन नेता ट्रम्पले बाइडेनको कार्यकालमा रोकिएका सङ्घीय मृत्युदण्ड पुनः सुरु गर्ने सङ्केत दिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ०७ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले