माओवादीको पछि लागेको भन्दै रास्वपामाथि खनिए मुकुल ढकाल « Khabarhub

माओवादीको पछि लागेको भन्दै रास्वपामाथि खनिए मुकुल ढकाल


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको विपक्षी दलहरूको समूह राष्ट्रिय स्वतन्त्र पार्टी पनि जोडिएपछि पूर्वमहामन्त्री मुकुल ढकालले आक्रोश पोखेका छन् ।

संसद्क‌ो चौथो र पुराना दलको विकल्पका रूपमा रहेको रास्वपा सबैको विपक्षीका रुपमा खडा हुनुपर्नेमा सरकारको विरोध गर्ने समूहको पछि लागेको भन्दै ढकालले आपत्ति जनाएका हुन् ।

उनले रास्वपा कांग्रेस-एमाले-माओवादी र उनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी रहेको जिकिर गर्दै पुरानालाई बोकेर हिँडेर कहीँ नपुगिने पनि उल्लेख गरेका छन् ।

‘रास्वपा विपक्षी हो , तर सरकारको मात्र विपक्षी होइन , कांग्रेस-एमाले-माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी हो’, उनले भनेका छन्, ‘नो नट अगेन । पुरानालाई बोकेर कतै पुगिन्न ।’

रास्वपाले दुई-दुई पटक सरकारमा गएर गरेको गल्ती गरेको बताउँदै विपक्षी गठबन्धनमा सहभागी हुनुलाई पनि त्यही गल्तीको निरन्तरता भनेका छन् ।

‘नो नट अगेन’ भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्‍याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ’, उनले भनेका छन् ।

विपक्षी दलका लागि तय गरिएको शुक्रबारको पत्रकार सम्मेलनको मञ्चमा पनि रास्वपालाई अपमान गरिएको उनको तर्क छ । ‘यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन’, उनले भनेका छन्, ‘त्यसमाथि, चौथो शक्तिका कार्यवाहक सभापति (डोलप्रसाद अर्याल) को कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : २० बजे

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ