माओवादीको पछि लागेको भन्दै रास्वपामाथि खनिए मुकुल ढकाल « Khabarhub

माओवादीको पछि लागेको भन्दै रास्वपामाथि खनिए मुकुल ढकाल


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको विपक्षी दलहरूको समूह राष्ट्रिय स्वतन्त्र पार्टी पनि जोडिएपछि पूर्वमहामन्त्री मुकुल ढकालले आक्रोश पोखेका छन् ।

संसद्क‌ो चौथो र पुराना दलको विकल्पका रूपमा रहेको रास्वपा सबैको विपक्षीका रुपमा खडा हुनुपर्नेमा सरकारको विरोध गर्ने समूहको पछि लागेको भन्दै ढकालले आपत्ति जनाएका हुन् ।

उनले रास्वपा कांग्रेस-एमाले-माओवादी र उनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी रहेको जिकिर गर्दै पुरानालाई बोकेर हिँडेर कहीँ नपुगिने पनि उल्लेख गरेका छन् ।

‘रास्वपा विपक्षी हो , तर सरकारको मात्र विपक्षी होइन , कांग्रेस-एमाले-माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षी हो’, उनले भनेका छन्, ‘नो नट अगेन । पुरानालाई बोकेर कतै पुगिन्न ।’

रास्वपाले दुई-दुई पटक सरकारमा गएर गरेको गल्ती गरेको बताउँदै विपक्षी गठबन्धनमा सहभागी हुनुलाई पनि त्यही गल्तीको निरन्तरता भनेका छन् ।

‘नो नट अगेन’ भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्‍याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ’, उनले भनेका छन् ।

विपक्षी दलका लागि तय गरिएको शुक्रबारको पत्रकार सम्मेलनको मञ्चमा पनि रास्वपालाई अपमान गरिएको उनको तर्क छ । ‘यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन’, उनले भनेका छन्, ‘त्यसमाथि, चौथो शक्तिका कार्यवाहक सभापति (डोलप्रसाद अर्याल) को कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : २० बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली