लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवा विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गरे । उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकाललगायतको सहभागिता थियो ।

विगत तीन वर्षको तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक नौ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जनाले प्रसूति सेवा लिएका छन् । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०९ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक