साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली « Khabarhub

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारले ६ महिना पूरा गरेको छ ।

गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिने उपलब्धि सुनाउँदै अब सरकारको गियर बदलेर तीव्र गतिमा काम गर्ने बताएका थिए ।

तर, त्यसयताका तीन महिना बित्दा पनि दुईतिहाइ नजिकको सरकार आफैं रणभुल्ल अवस्थामा छ । देखाउन सकिने ठोस उपलब्धि जनतासामु नपुग्दा निराशा चिरिन सकेको छैन ।

दुई नेता आलोपालो प्रधानमन्त्री हुने सहमति गर्दा अब देशले विकास र समृद्धिको गति लिने अपेक्षा थियो । तर यी ६ महिनामा जनताले दुई नेताको चाकाचुली खेल हेर्नेबाहेक अरु गतिलो उपलब्धि देख्न सकेका छैनन् ।

कछुवा गतिमा सरकार अघि बढ्दा यसलाई हाँक्ने दुई नेता चाकाचुलीमा रमाइरहेको दृश्यसहित यस कार्टुनमा ब्यंग्य कसिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : २६ बजे

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको