फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान « Khabarhub

फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दलित महिला सङ्घ (फेडो) ले दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको छ । फेडोद्वारा यहाँ आज आयोजित कार्यक्रममा फेडोका संस्थापक अध्यक्ष दुर्गा सोव र महासचिव रेणु सिजामतिले भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट निर्वाचित दलित समुदायका पत्रकारलाई सम्मान गरे ।

फेडोले महासङ्घका उपाध्यक्ष उमित बागचन्द, सचिव प्रकाश धौलाकोटी, केन्द्रीय सदस्य रीता बुढाथोकी, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका सचिव रमेश टमाटा, सोही प्रतिष्ठानका कार्यसमिति सदस्य ईश्वरी विश्वकर्मा र महासङ्घ भक्तपुर जिल्लाका कार्यसमिति सदस्य अन्जितसिंह विकलाई सम्मान गरेको छ ।

सोही अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ श)क्तिका उपाध्यक्ष सोवले विषयवस्तु र सहभागिताका हिसाबले सरकारी र निजी क्षेत्रका आमसञ्चारमाध्यम समावेशी बन्नुपर्नेमा जोड दिए ।

“दलित समुदायबाट पत्रकार महासङ्घको पदाधिकारी र कार्यसमिति सदस्यमा निर्वाचित हुनुमात्र ठूलो कुरा होइन, दलित समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारले महासङ्घमा रहँदा आफ्नो कार्यकाल अवधिभित्र दलित समुदायका पत्रकारका लागि के काम गर्यो भन्ने महत्त्वपूर्ण कुरा हो, त्यसैले जो अहिले निर्वाचन जितेर महासङ्घमा पुग्नुभएको छ, उहाँहरू दलितका पत्रकारको हकहितको पक्षमा बढी लाग्नुपर्छ”, उनले भने ।

महासङ्घका नवनिर्वाचित उपाध्यक्ष बागचन्दले आफू महासङ्घमा रहुञ्जेल दलित समुदायका पत्रकारको हकहितसँगै समावेशिताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । खासगरी सरकारी र निजी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तुसँगै भौतिक सहभागिाताको निम्ति काम गर्ने उनको भनाइ छ ।

महासचिव सिजापतिले नेपालको संविधानमै दलित समुदायको समानुपातिक सहभागिताको व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै राज्यको चौथो अङ्ग सञ्चारमाध्यम सबै हिसाबले समावेशी बन्नुपर्ने धारणा राखे ।

महिलावादी दलित सङ्गठन (फेडो)नेपालमा जातीय र लैङ्गिक भेदभाव उन्मूलन गर्ने जोशका साथ दलित महिलाको समूहद्वारा सन् १९९४ मा एक गैरलाभकारी, गैरराजनीतिक र धर्मनिरपेक्ष गैरसरकारी संस्थाको रूपमा स्थापना भएको थियो ।

यो दलित अधिकार र महिला अधिकारको एकैसाथ वकालत गर्ने अग्रणी संस्था हो । यो लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा एक प्रमुख स्रोत सङ्गठनको रूपमा खडा छ । ‘न्यायपूर्ण र समतामूलक समाज’को दर्शनका साथ फेडोले दलित महिलाहरूलाई आफ्नो पहलको केन्द्रविन्दुमा राख्दै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : ३९ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि