ओलीविरुद्धको आक्रमण मुलुक कमजोर बनाउने मिसन हो : महासचिव पोखरेल « Khabarhub

ओलीविरुद्धको आक्रमण मुलुक कमजोर बनाउने मिसन हो : महासचिव पोखरेल


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन् । आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताए ।

महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताए । उनले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पारे । उनले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह गरे ।

“एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्ति एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ”, महासचिव पोखरेलले भने,, “एमाले छाडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आह्वान गर्दछु ।”

महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताए । उनले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको बताए । “पाँचवटा अध्यादेश जारी गरेर हामी दुईवटा पार्टी हिँड्ने बाटो स्पष्ट गरेका छौँ”, उनले भने ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताए । उनले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने बताए । विश्वमणि सुवेदीले सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रताको अनुभूति नभएपछि परित्याग गरेको बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीलाई श्रमजीवीको सङ्गठन बनाउने बताए। सो कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदीसहित महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी, सचिव नेपोलियन चेपाङ, संस्थागत उपाध्यक्ष नरेन्द्र साउदलगायत प्रेस चौतारीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ८ : ५० बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको