भारतीय मुलका चन्द्र आर्यले दिए क्यानाडाको भावी प्रधानमन्त्रीमा उम्मेदवारी « Khabarhub

भारतीय मुलका चन्द्र आर्यले दिए क्यानाडाको भावी प्रधानमन्त्रीमा उम्मेदवारी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानाडामा जस्टिन ट्रुडोले राजीनामा दिएपछि भारतीय मूलका सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानाडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।

हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानाडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।

चन्द्र आर्य मूलतः कर्नाटकको तुमकुर जिल्लाका हुन्, यस हप्ताको सुरुमा उनले क्यानाडाको प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेपछि हालै उम्मेदवारी दर्ता गराएका हुन् । चन्द्र आर्य क्यानडाको नेपियन क्षेत्रबाट सांसद छन् । आर्यले आफ्नो सम्पदाप्रति गर्व व्यक्त गर्दै यस्तो घोषणा गरेका हुन् ।

क्यानाडाको संसदलाई सम्बोधन गर्दै आर्यले भने, ‘कर्नाटकको तुमकुर जिल्लाको शिरा तालुकका एक व्यक्ति क्यानडाको संसद सदस्यमा निर्वाचित हुनु पाउनु झण्डै पाँच करोड कन्नडिगाहरूका लागि गर्वको कुरा हो र अहिले उनी कन्नडमा प्रतिष्ठित संस्थानको कार्यक्रममा बोल्दै छन् ।’

चन्द्र आर्यले लिबरल पार्टीको बैठक अघि नै उम्मेदवारी घोषणा गरेका हुन् । हालै उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म क्यानडाको प्रधानमन्त्री पदका लागि चुनाव लड्दै छु, हाम्रो देशले संरचनात्मक चुनौतीको सामना गरिरहेको छ, जसका लागि ठोस समाधान चाहिन्छ । हाम्रा बालबालिका र भावी पुस्ताको समृद्धि सुनिश्चित गर्न हामीले साहसी राजनीतिक निर्णयहरू लिनुपर्छ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०३ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक