अमेरिकी ‘सर्ट सेलर’ हिन्डनबर्ग रिसर्च बन्द हुने « Khabarhub

अमेरिकी ‘सर्ट सेलर’ हिन्डनबर्ग रिसर्च बन्द हुने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी ‘सर्ट सेलर’ तथा चर्चित वित्तीय कम्पनी हिण्डनबर्ग रिसर्च बन्द हुने भएको छ । कम्पनीका संस्थापक नेट एन्डरसनले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

कुनै वाह्य जोखिम वा व्यक्तिगत स्वास्थ्यका कारण नभइ चर्को कामबाट मुक्त हुन यस्तो निर्णय लिइएको उनको भनाइ छ । अब आफ्नो जीवनका अन्य क्षेत्रमा ध्यान दिने एन्डरसनले जनाएका छन् ।

यो कम्पनीले विभिन्न समस्याग्रस्त कम्पनीका बारेमा खोज अनुसन्धान गरेर रिपोर्ट निकाल्ने गरेको थियो । हिन्डनबर्गको रिपोर्ट जारी भएसँगै ती समस्याग्रस्त कम्पनीको शेयर मूल्यमा गिरावट आउँथ्यो र त्यसैमार्फत् हिन्डनबर्गले मुनाफा आर्जन गर्दै आएको थियो ।

सन् २०२३ मा हिन्डनबर्गले भारतीय उद्यमी गौतम अडानीको व्यवसायिक समूहका बारेमा रिपोर्ट जारी गरेको थियो । हिन्डनबर्गको रिपोर्टसँगै अडानी समूहको शेयर मूल्यमा भारी गिरावट आएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : १९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना