ट्राफिक प्रहरीबाट सवारी जाँचमा कडाइ « Khabarhub

ट्राफिक प्रहरीबाट सवारी जाँचमा कडाइ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१–८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

यस्तै सो अवधिमा बागमती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार दुई ५६ सवारी दुर्घटनामा एक सय ७० जनाको मृत्यु भएको छ,भने चार सय ६३ जना घाइते भएको कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ५७ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा