युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार « Khabarhub

युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

पुटिन-ट्रम्प कदमविरुद्ध युरोप


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्।

अहिले चलिरहेको शान्ति वार्ताकै क्रममा स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्।

टेलिग्राफमा लेख्दै उनले शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्।

सोमबार पेरिसमा हुन लागेको युरोपेली सम्मेलनको पूर्व सन्ध्यामा स्टामरले युक्रेनको सुरक्षा, युरोपको सुरक्षा तथा आफ्नै देशको सुरक्षा अहिले गम्भीर विषय बनेको बताएका हुन्।

उनले रुस र युक्रेनी सीमामा बेलायतसहित अन्य युरोपेली देशका सेना तैनाथ गर्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

युरोपलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनसँग वार्ता गर्न पुगेपछि स्टेइमरले युरापेलीको एकताको आवश्यकता औँल्याएका हुन्।

अमेरिका र रुसका राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेका उनले शान्ति वार्तामा युक्रेनको आवश्यकता रहेकोमा जोड दिएका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ३७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको