पर्सामा वन जोगाउनै मुस्किल | Khabarhub Khabarhub

पर्सामा वन जोगाउनै मुस्किल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा जिल्लामा तीन  साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।  

डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, विन्ध्वासिनी, सबैया साझेदारी वन क्षेत्र बढी अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले जिल्लाको ठूलो जनसङ्ख्याको लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करबाट वन फँडानीका कारण पनि वन अतिक्रमण गर्ने प्रवृत्ति देखिएको जानकारी दिए ।

‘डिभिजन वन कार्यालयसँग दरबन्दी अनुसारको कर्मचारी पनि छैनन् । जसको कारणले सीमित जनशक्तिको कारणले पनि पर्याप्त मात्रामा अनुगमन र रेखदेख गर्न पनि समस्या भएको छ,’ उनले भने ,’कार्यालयमा एक सय कर्मचारीको दरबन्दी भए पनि अहिले ५३ जना कर्मचारी मात्रै रहेका छौंँ । सीमित स्रोतसाधन र जनशक्तिको बीच काम गरिरहेका छौँ ।’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, २०८० को प्रतिवेदन अनुसार पर्सा जिल्लामा सबैभन्दा धेरै वन अतिक्रमण परेको क्षेत्रमा ठोरी ४ बाराहनदीदेखि पश्चिम क्षेत्र पर्दछ । जहाँ दुई सय हेक्टर वन अतिक्रमणमा परेको छ । गादीमाई साझेदारी वन क्षेत्र १६७ दशमलव ६८ हेक्टर अतिक्रमणमा परेको छ । 

सखुवाप्रसौनी साझेदारी वन ३३ दशमलव २ हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । 

डिभिवन वन अधिकृत अहमदले साझेदारी तथा अन्य वन जोगाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

‘अहिले त वन जोगाउने काम डिभिजन वन कार्यालयको मात्रै भन्ने भाष्य निर्माण भइरहेको छ,’ उनले भने ,’वन जंगल जोगाउनका लािग सबै हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।’

कार्यालयका अनुसार जिल्लामा सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी, सेनाका ब्यारेक, सडक आदी भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण गरेर पूर्वाधार लगायतका संरचना पनि निर्माण गरिएको छ । 

कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित रूपमा वन अनुगमन र निरीक्षण गर्न समस्या भइरहेको छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । 

यहाँको वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : ३१ बजे

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको