हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू) « Khabarhub

हात र घाँटीमा ब्यान्डेजसहित डिस्चार्ज भए अर्थमन्त्री (तस्बिरहरू)


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।

कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए । पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।

पोखरामा महोत्सव उद्घाटनका क्रममा बेलुनमा आगो लागेर पड्किँदा दुवै हात र घाँटीको केही भाग जलेको थियो । उक्त जलेको घाउको उपचारपछि उनी सोमबार दिउँसो डिस्चार्ज भएका हुन् ।

‘उहाँहरू दुवै जनाको जलनको घाउ निको हुँदै गएको छ। फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले भनेको छ, ‘त्यसकारण उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ ।’

उच्च रक्तचापको समस्या झेलिरहेका मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने भएका छन् ।

‘मेयर आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ’, उनले भने, ‘थप केही दिन उपचार हुने जानकारी गराइन्छ । मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न बन्द गरिएको छ ।’

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा लागेको आगोले जलेर दुवैजना घाइते भएका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल