आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा « Khabarhub

आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– भारतीय राज्य आसामको भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा सक्रिय आसाम साहित्य सभाको ७७ औँ सम्मेलन नेपाल र आसामबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै हालै सम्पन्न भयो । 

आसामको पाठशालामा गत माघमा भएको पाँच दिने सो सम्मेलनमा नेपाल र आसामबीचको साहित्यिक आदानप्रदान र सम्पदाबारे विशेष चर्चा भएको थियो  ।

शताब्दीऔँ पुरानो भाषिक, सांस्कृतिक, धार्मिक र वैचारिक आदानप्रदानले नेपाल र आसामबीच गहिरो सांस्कृतिक र साहित्यिक सम्बन्ध स्थापना गराएको छ । 

नेपाली साहित्यले आसामका लेखकहरूमा उल्लेखनीय प्रभाव पारेको छ भने आसामी साहित्यले पनि नेपालमा दिगो प्रभाव पारेको छ । 

यस प्रकारका आदानप्रदानहरू नेपाली र आसामी भाषाका साहित्यिक परम्परा, एक अर्को भाषामा भएका अनुवाद तथा नेपाल र आसामका लेखक, अनुसन्धाता र विद्वानका सहकार्यमा प्रतिबिम्बित भएका छन् । 

लिखित साहित्य मात्र होइन सयौँ वर्षदेखिको अन्तर्क्रियाले एक अर्काको परम्परा, कला र सामाजिक प्रचलनमा पनि प्रभाव पारेको छ ।

सम्मेलनमा प्रमुख अतिथि भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेलले नेपाल र आसामको संस्कृति, भाषा र साहित्यबारे प्रकाश पार्दै नेपाल र आसामको सांस्कृतिक आदानप्रदान तिनका परम्परा र चाडहरूमा झल्कने र तिनमा हिमालय क्षेत्रको प्रभाव झल्कने बताए ।

प्राध्यापक पोखरेलले आसामी साहित्य नेपाली संस्कृति र आध्यात्मिक परम्पराबाट प्रभावित भएको उल्लेख गर्दै नेपाली साहित्यले पनि आसामको विविधतापूर्ण संस्कृतिबाट प्रेरणा लिएको चर्चा गरे ।

आसाम साहित्य सभाका नव नियुक्त अध्यक्ष वसन्तकुमार गोस्वामीले आसामी भाषा र साहित्यको प्रवर्धनमा आफू लागिरहने प्रण गरे ।

कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष डा. हेमन्तकुमा बरुआ र महासचिव डा. उपेन्द्रजित शर्माले सङ्गठन आसामको साहित्यिक र सांस्कृतिक विविधता प्रवर्धन गर्न कोसेढुङ्गा साबित भएको धारणा व्यक्त गरे ।

सन् १९१७ मा स्थापित आसाम साहित्य सभाको यस वर्षको सम्मेलनका क्रममा आयोजना गरेको मेलामा पाँच दिनमा करिब ३० लाख मानिसहरू उपस्थित भएको आयोजकले जनाएका छन् । पहिलो पटक राखिएको विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनी र भारतीय सेनाको विशेष प्रदर्शनी मेलाका आकर्षण थिए ।

भारत सरकारले गत वर्ष आसामी भाषालाई प्राचीन भाषाको मान्यता दिएपछि पहिलो पटक आयोजित सो सम्मेलनमा भारत, नेपाल र विश्वभरबाट छ हजार जना भन्दा बढी सहभागीको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : ०९ बजे

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच