चीन र भारतसँग व्यापारको ढोका कर्णाली : मुख्यमन्त्री कँडेल « Khabarhub

चीन र भारतसँग व्यापारको ढोका कर्णाली : मुख्यमन्त्री कँडेल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै भएको बताएका छन् ।

 मुख्यमन्त्री कँडेलले कर्णाली उत्सवको यो छैठौंँ संस्करण उद्घाटन गर्दै कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको बताएका हुन् ।

कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्ने गरेको मुख्यमन्त्री कँडेलले बताए ।

 ‘हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ,’ उनले भने, ‘मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।’

कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुन्डिएको र कर्णालीवासीले मन पराएको कर्नालीलाई सम्झने र मनन गर्ने र एक पटक पुगेर अनुभव गर्ने भन्ने जो सुकैको मनमा लाग्ने गरेको मुख्यमन्त्री कँडेलले बताए । 

‘कर्णाली एउटा सभ्यता हो । ठूला-ठूला शहरको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ,’ उनले भने,‘एथेन्स वा रोमन सभ्यता नै किन नहोस्  नदीसँंग जोडिन्छ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’ 

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र भएको र जहाँ सम्भावनाले अवसर दिएको मुख्यमन्त्री कँडेलले बताए ।

 ‘कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन्,’ उनले भने,‘नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिञ्जा हाम्रो गौरव र पहिचान हो । नेपाली भाषा, सभ्यता, संस्कृति सिञ्जाबाटै सुरु भएकाले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रूपमा स्विकार्ने गर्छन् ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ५३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित