चीन र भारतसँग व्यापारको ढोका कर्णाली : मुख्यमन्त्री कँडेल « Khabarhub

चीन र भारतसँग व्यापारको ढोका कर्णाली : मुख्यमन्त्री कँडेल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै भएको बताएका छन् ।

 मुख्यमन्त्री कँडेलले कर्णाली उत्सवको यो छैठौंँ संस्करण उद्घाटन गर्दै कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको बताएका हुन् ।

कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्ने गरेको मुख्यमन्त्री कँडेलले बताए ।

 ‘हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ,’ उनले भने, ‘मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।’

कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुन्डिएको र कर्णालीवासीले मन पराएको कर्नालीलाई सम्झने र मनन गर्ने र एक पटक पुगेर अनुभव गर्ने भन्ने जो सुकैको मनमा लाग्ने गरेको मुख्यमन्त्री कँडेलले बताए । 

‘कर्णाली एउटा सभ्यता हो । ठूला-ठूला शहरको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ,’ उनले भने,‘एथेन्स वा रोमन सभ्यता नै किन नहोस्  नदीसँंग जोडिन्छ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’ 

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र भएको र जहाँ सम्भावनाले अवसर दिएको मुख्यमन्त्री कँडेलले बताए ।

 ‘कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन्,’ उनले भने,‘नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिञ्जा हाम्रो गौरव र पहिचान हो । नेपाली भाषा, सभ्यता, संस्कृति सिञ्जाबाटै सुरु भएकाले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रूपमा स्विकार्ने गर्छन् ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै