दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी  | Khabarhub Khabarhub

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो । 

जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ । 

त्यस्तै, चुक्ता पुँजी ५० करोड रुपैयाँ देखि ६० करोडसम्मको ८१३ वटा कम्पनी रहेका छन् भने ६० करोड रुपैयाँ देखि ७० करोड रुपैयाँसम्मको ५०९ वटा कम्पनी रहको रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्कमा देखिएको छ । 

साथै, चुक्ता पुँजी ७० करोड रुपैयाँ देखि ८० करोडसम्म ४८९ वटा, ८० करोड रुपैयाँ देखि ९० करोड रुपैयाँसम्मको २५१ वटा र ९० देखि १ अर्ब रुपैयाँसम्मको १ हजार ४५१ वटा कम्पनी रहेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । 

पब्लिक कम्पनीको सङ्ख्या मात्र १ हजार ४८ वटा रहेको कार्यालयले दिएको तथ्याङ्कमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’