गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ « Khabarhub

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर गरेको र उनी विरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । आज सर्वोच्चका न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासमा रहेको अधिकारी सम्बन्धित मुद्दा पेशी तारेखमा सरेको हो ।

गभर्नर अधिकारीलाई तत्कालीन सरकारले निलम्बन गरेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध ०७९ वैशाख ५ गते सर्वोच्च पुगेका थिए ।

त्यस्तै, गभर्नर अधिकारीको शैक्षिक योग्यता गभर्नर पदका लागि योग्य नभएको भन्दै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले ०८० पुस १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । अधिकारीलाई गभर्नरमा नियुक्तिका लागि राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा उल्लिखित शैक्षिक योग्यता नपुग्ने भन्दै उनीहरूले रिट दायर गरेका थिए ।

गभर्नर अधिकारीको कार्यकाल आगामी चैत अन्तिम सातामा सकिँदै छ । तर, उनीले सरकारविरुद्ध हालेको र उनको योग्यतामाथि प्रश्न उठाएर दायर गरिएको मुद्दा भने पेशी चढ्दै जाँदा कार्यकाल भरी टुंगिनेमा आशंका देखिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : ०६ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि