इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित « Khabarhub

इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको बार्सिलोनाले कम ब्याक जित निकालेको छ। महत्त्वपूर्ण खेलमा शानदार कम ब्याक गर्दै बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ४-२ ले हराएको हो। सो खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जित दिलाउने क्रममा इन्जुरी समयमा लामिन यमाल र फेरान टोरेसले गोल गरे।

जीतपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। एट्लेटिको तेस्रो स्थानमा यथावतै छ। खेलमा २० मिनेट बाँकी रहँदासम्म एट्लेटिको २-० ले अघि थियो।

पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजले म्याड्रिडलाई अग्रता दिलाएका थिए। ७० औँ मिनेटमा अलेक्जेन्डर सोर्लोथले म्याड्रिडका लागि अर्को गोल गरे।

रोबर्ट लेवान्डोस्कीले ७२ औँ मिनेटमा गोल गरेको सो खेलमा बार्सिलोनाका लागि ७८ औँ मिनेटमा टोरसले बराबरी गोल गरे। बराबरीकै सकिने सम्भावना रहेको खेलमा यमालले बार्सिलोनालाई इन्जुरी समयमा अग्रता दिलाएका थिए। इन्जुरी समयमा नै टोरेसले अर्को गोल गरे।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएका अन्य खेलमा एटलेटिक क्लबले सेभियालाई १-० ले र गेटाफेले ओसासुनालाई २-१ ले हराए। रियल बेटिसले लेगानेसलाई ३-२ ले हरायो। रायो भल्कानो र रियल सोसिडाडबिचको खेलमा २-२ गोलको बराबरी भयो।

बार्सिलोना र रियल म्याड्रिड दुवैको ६० अङ्क भए पनि बार्सिलोना पहिलो स्थानमा छ। ५६ अङ्कसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ४४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल