'लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ' | Khabarhub Khabarhub

‘लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ’


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवा आयोगको परीक्षा ६ पटकमात्र दिन पाउने गरी कानुन बनाउन नहुने बताएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले ६ पटकभन्दा बढी लोकसेवा आयोगको परीक्षा दिन नपाउने कानुनी व्यवस्था गर्नु गलत भएको बताए । 

‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ,’ सांसद ज्वालाले भने, ‘कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत छ ।’ 

नागरिकलाई परीक्षाबाट वञ्चित गर्ने कानुन बने रोजगारीका लागि खाडी मुलुकतिर जाने युवाको सङ्ख्या बढ्ने उनको भनाइ थियो । ‘यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवालाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो,’ ज्वालाले भने । 

सरकारले रोजगारीको विकल्प नदिनु र परीक्षामा प्रतिष्पर्धा गर्न रोक्न मौलिक अधिकारबाट वञ्चित गरेको सांसद ज्वालाले स्मरण गराए ।  

‘त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौँ,’ उनले भने । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’