‘लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ’ « Khabarhub

‘लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ’


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवा आयोगको परीक्षा ६ पटकमात्र दिन पाउने गरी कानुन बनाउन नहुने बताएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले ६ पटकभन्दा बढी लोकसेवा आयोगको परीक्षा दिन नपाउने कानुनी व्यवस्था गर्नु गलत भएको बताए । 

‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ,’ सांसद ज्वालाले भने, ‘कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत छ ।’ 

नागरिकलाई परीक्षाबाट वञ्चित गर्ने कानुन बने रोजगारीका लागि खाडी मुलुकतिर जाने युवाको सङ्ख्या बढ्ने उनको भनाइ थियो । ‘यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवालाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो,’ ज्वालाले भने । 

सरकारले रोजगारीको विकल्प नदिनु र परीक्षामा प्रतिष्पर्धा गर्न रोक्न मौलिक अधिकारबाट वञ्चित गरेको सांसद ज्वालाले स्मरण गराए ।  

‘त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ । राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कति पटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कति पटक हुन पाउने विषयमा बहस गरौँ,’ उनले भने । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोकसेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ५६ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर