पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पूरा हुँदैनन् : प्रतिमा गौतम « Khabarhub

पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पूरा हुँदैनन् : प्रतिमा गौतम


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका आवश्यकता, आमनागरिक तथा युवाको अपेक्षा पूरा गर्न नसकिने बताएकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले १६औँ आवधिक योजनाले तोकेको लक्ष्य हासिल हुने वातावरण सिर्जना गर्नका लागि परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताले अपेक्षा पूरा गर्न नसकिने बताएकी हुन् ।

‘मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने मानव पूँजी निर्माणमा संविधानले समेत मार्गदर्शन गरेको शिक्षा क्षेत्रका साधारण शिक्षा, परम्परागत शिक्षा तथा प्राविधिक शिक्षा तीन धारमध्ये विशेष गरी राज्यको ध्यान र प्राथमिकता प्राविधिक तथा व्यावसायिक शिक्षामा बढ्नु पर्नेमा झन कम परेको देखिन्छ,’ सांसद गौतमले भनिन् । 

हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाले स्वास्थ्य, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माणका लागि योजनाको प्रमुख कार्यक्रममा आगामी पाँच वर्षभित्र प्राविधिक शिक्षाको भर्नादर बढाउदै प्राविधिक र सामान्य शिक्षाका विद्यार्थीको अनुपात क्रमशः ७०-०  कायम गर्ने, राष्ट्रिय योग्यता प्रारूपअनुसार कार्यान्वयन गर्ने उल्लेख गरेको उनले बताइन् । 

सांसद गौतमले वि.स. २०८६ सम्म ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षामा भर्ना गराई प्रशिक्षण गराउने योजनामा लेखे पनि यस क्षेत्रमा काम गरिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र जसलाई व्यवस्थापन गर्ने कानुन ३५ वर्ष पहिलेको पुरानो भएको बताइन् । 

उनले प्रस्तावित विद्यालय शिक्षा विद्येयकसँगै प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक तथा राष्ट्रिय योग्यता प्रारुपसम्वन्धी विधेयक यथाशीघ्र संसद्‌मा पेस गर्न सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १ : ०५ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा