नमोबुद्ध-तेमाल सडक : आठ महिनादेखि अलपत्र « Khabarhub

नमोबुद्ध-तेमाल सडक : आठ महिनादेखि अलपत्र


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्यो। 

डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतीका लागि विसं २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको थियो । 

भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी केएस देवी रमन-तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने थियो । तर, समयसीमासम्म २५ प्रतिशतसमेत काम नभइ आठ महिनादेखि अलपत्र अवस्थामा हो । सम्झौताअनुसार गत साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

उक्त सडकखण्ड बिपी राजमार्गको वैकल्पिक मार्गको रुपमासमेत अगाडि बढाइएको हो । गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले करिब १३ किलोमिटर राजमार्ग क्षतिग्रस्त हुँदा यही खडकखण्डबाट सिन्धुली र काभ्रेपलाञ्चोकतर्फ रोकिएका सयौँ सवारी आवतजावत गराइएको थियो । 

नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गर्दासमेत निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो । 

ठकेदार कम्पनीलाई सडक निर्माणलाई तीव्रता दिन पटक पटक ताकेता गर्दासमेत वेवास्ता गरेका कारण आयोजना लथालिङ्गको अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। 

‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो’, उनले भने। उनका अनुसार गुणस्तरीय निर्माणमा पनि शंका गर्नुपर्ने देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएका थिए । 

तेमाल गाउँपालिकाका जनप्रतिनिधिको टोलीलेसमेत हाल डिभिजन कार्यालयलाई ध्यानाकर्षण गर्दै सडकको काम छिटो सम्पन्न गराउन ताकेता गरेको जनाइएको छ । 

यसैबीच निर्माण कम्पनीले आउँदो असार मसान्तसम्म चार महिना समय थपको माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएको छ। कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले निर्माण कम्पनीले समय थपको माग निवेदन दिई रोकिएको काम सुरु गर्न लागेको बताए । 

उक्त सडक स्तरोन्नति एवं विस्तारमा ढिलाइ हुँदा हिउँद-वर्षामा सडकयात्रीले निकै सास्ती खेप्नुपरेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ३८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा