राष्ट्रियसभामा सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग | Khabarhub Khabarhub

राष्ट्रियसभामा सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । 

‘उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । 

सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्। उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नति नगराइएकोमा सरकारसँग जवाफ मागेकी छन् । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरूसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए । 

सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरुलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् । 

सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै  निर्माण गर्नुपर्नेमा जोड दिए । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागूऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । 

बैठकमा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । 
 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  २ : ०८ बजे

आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ५ गते मंगलबार चैत

प्रचण्डको गम्भीर आरोप : राजाहरूले विदेशका ‘वेश्यालय’मा गएर नेपालको बेइज्जत गरेका थिए

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं- नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको

राजनीतिक सन्तुलन मिलाउन सीपालु थापाको काँधमा नेपाल प्रहरीको कमान्ड

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले