कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे « Khabarhub

कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताएका छन् ।  

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सरकारले स-सम्मान बिदाइ गरेको पूर्वराजा ज्ञानेन्द्रले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको र जनता भड्काउने काम गरेको बताएका हुन् ।

उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने जिकिर गरे । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उनले स्मरण गरे  । 

उनले जनतासामु राजनीतिक खेलाडीको रूपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउँछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताए । 

उनले यस विषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको धारणा राखे । सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थामा आइपुग्दा सबै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अव संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको बताए । 

उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । 

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  २ : ४९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ