सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल « Khabarhub

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने बताएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी हुन नसक्दा पछिल्लो समयमा जनतामा निराशा छाएको भन्दै यसप्रति राज्य सचेत हुनुपर्ने बताइन्। विसं २०६२-६३ को आन्दोलनपछि सबैको अधिकार सम्बोधन गर्ने गरी समझदारीमा नै संविधान बनाए पनि प्रभावकारी कार्यन्वयनमा चुनौती रहेको उनको भनाइ थियो । 

‘सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छौँ । जे उद्देश्यका साथ जनआन्दोलन गरेका थियौँ । ती उद्देश्य कार्यन्वयन हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको छ,’ सांसद अर्यालले भनिन्, ‘शान्ति प्रक्रियामा आएपछि ती वाचा पूरा गर्न संविधान बनायौँ । राज्यको मूलप्रवाहबाट कोही टाढा हुन नपरोस् भन्ने उद्देश्य थियो । सत्तामा जान लालायित हुने प्रवृत्ति बढ्दा जनता निराश छन् ।’

 उनले संविधान कार्यान्वयन भए या नभएको विषयमा अव मूल्याङ्कन गर्नुपर्ने र कहाँ चुकिरहेका छौँ भन्ने विषयमा ख्याल गर्नुपर्ने बेला आएको बताइन्। 

‘गणतन्त्र कार्यान्वयनबारे  सचेत हुन सकेनौँ । हामीले जनताको विश्वास गुमाइरहेका छौँ,’ सांसद अर्यालले भनिन्, ‘तर राजतन्त्र विकल्प होइन ।’

कुनै पनि उच्च पदस्थ अधिकारी नियुक्ति गर्दा पनि आफ्नो स्वार्थ अनुसारको काम हुने या नहुने गरेको उल्लेख गर्दै उनले अब क्षमता र कुशलताको आधारमा नियुक्ति हुनुपर्ने उनको धारणा थियो । 

सत्तामुखी बन्न छाडेर आम जनताले कसरी सुख पाउँछ भन्ने कुरामा ध्यान दिन उनले सरकारलाई सुझाव दिए। संविधानले दिएका हक अधिकारको अझै समीक्षा गर्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।  

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ३ : २७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील