इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ : प्रचण्ड  « Khabarhub

इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ : प्रचण्ड 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले केही मानिसहरूले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गरिरहेको बताएका छन् । 

राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले राजावादीहरूका पछिल्ला गतिविधिलाई इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भनेका हुन् । 

‘अहिले इतिहासको चच्का पछाडि फर्काउने दुस्साहस केही मानिसले गर्दैछन् । मैले तराईमा अभियानमा हिँड्दै गर्दा भनेको थिएँ– अलिकति मुर्खता त पहिल्यै भइसकेको छ, दरबारियाहरूबाट । अब फेरि फर्किन्छु भन्यो भने अर्को मुर्खता हुन्छ, त्यो दुस्साहस नगर्नु सही हुन्छ । तर, उनीहरू दुस्साहस गरेर अगाडि बढ्न खोजेका छन्,’ प्रचण्डले भने ।  

उनले जनतालाई उचाल्ने कोसिसको सबैले प्रतिवाद गर्नुपर्नेमा पनि जोड दिए ।

 ‘अहिले प्रतिक्रियावादीहरूले जनता भनेर केही मानिसहरूलाई उचाल्ने कोसिस भएको छ । हामी सबैले त्यसको प्रतिवाद गर्नुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘जे जति अधिकार प्राप्त भएका छन्, त्यसको रक्षा गर्ने दायित्व पनि जसले यो परिवर्तन ल्यायो यसैको हो । र, यसलाई थप परिमार्जन र सुदृढ गर्ने दायित्व पनि तपाईं हाम्रो नै हो ।’ 

पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकारका बारेमा जनतालाई बुझाउन नसक्नु आफूहरूको कमजोरी भएको स्वीकार गरे ।

 ‘हाम्रो कमजोरी के भयो भने, संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकारबारे हामीले जनतालाई राम्रोसँग बुझाउन सकेनौँ,’ उनले भने, ‘यो बीचमा भएका प्रगति पनि के-के हुन् भन्ने कुरा पनि राम्रोसँग बुझाउन सकेनौँ । त्यो चाँहि हाम्रो कमजोरी भयो । तर, केही पनि भएन भन्ने कुरा बिल्कुल गलत हो ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : १७ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)