महेश र सृष्टि स्टारर फिल्म ‘११ः५५’ले पायो ‘एडल्ड सर्टिफिकेट’ « Khabarhub

महेश र सृष्टि स्टारर फिल्म ‘११ः५५’ले पायो ‘एडल्ड सर्टिफिकेट’


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक महेश त्रिपाठी र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘११ः५५’ चैत ८ बाट प्रदर्शनमा आउँदैछ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यस फिल्मको प्रदर्शनमा अनुमति दिइसकेको छ । तर, यो फिल्म सबै उमेर समूहका व्यक्तिले भने हेर्न नपाउने भएका छन् ।

सेन्सर बोर्डले ‘ए’ प्रमाण पत्र प्रदान गरेका कारण सबै उमेर समूहका दर्शकले फिल्म हेर्न नपाउने भएका हुन् । ‘ए’ को अर्थ ‘एडल्ट’ हुन्छ । अर्थात् यो १६ वर्षभन्दा माथि व्यक्ति मात्रै यो फिल्मको दर्शक बन्न पाउनेछन् ।

फिल्ममा हिंसात्मक दृश्य रहेका कारण सेन्सर बोर्डले उक्त प्रमाणपत्र दिएको हो । फिल्म निर्माण पक्षले हिंसात्मक दृश्य हटाउन भन्दा एडल्ड सर्टिफिकेट लिन तयार भएको पाइएको छ ।

एडल्ट प्रमाणपत्र लिँदा १६ वर्षभन्दा कम उमेरका दर्शक कटौती हुन्छन् । जसको असर बक्स अफिस कलेक्सनमा देखिन्छ । यो असर सहन निर्माण पक्ष तयार भएको पाइन्छ ।

यो फिल्म दुई घण्टा १७ मिनेट लामो बनेको छ ।

महेश र सृष्टिसहित यस फिल्ममा नायिका करिश्मा श्रेष्ठ र डेब्यू नायक सागर खनाल प्रमुख भूमिकामा छन् ।

यही फिल्मबाट केशव पाण्डेले निर्देशनमा डेब्यू गर्दैछन् । निर्देशक पाण्डे, एमएस अग्रज र शेखर ज्ञवाली मिलेर यो फिल्म लेखेका हुन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्माको हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : १५ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्