नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद  « Khabarhub

नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद चर्किएको छ । 

निर्वाचनका लागि स्वतन्त्रतर्फ मनोनयन दर्ता गरेको भुपेश्वरी ऐरलाई अध्यक्ष दुजाङ शेर्पाले आधिकारिक समर्थन गरेपछि पद्मकन्यामा नेविसंघमा विवाद चर्किएको हो । 

पद्मकन्यामा नेविसंघका तर्फबाट पूर्णिमाया परियारले र भुपेश्वरीले स्वतन्त्रतर्फ समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका थिए । परियार स्ववियुको वर्तमान कार्यसमिति सदस्य र ऐर सचिव हुन् । दुवै नेविसंघमा आवद्ध छन् । 

पद्मकन्याको निर्वाचन समिति कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा परियारको प्यानललाई नेविसंघ र ऐरको प्यानललाई स्वतन्त्र समूह भनिएको छ । 

उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेपछि नेविसंघ अध्यक्ष शेर्पाका नामबाट स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गरेकी ऐरलाई समर्थन गरेको पत्र सार्वजनिक भएको थियो । 

उक्त पत्र सार्वजनिक भएपछि पद्मकन्या स्ववियु अध्यक्ष ज्योति पनेरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्वतन्त्र समूह दर्ता गरेका उम्मेदवार आधिकारिक हुनुको कारण सोधेकी छन् । 

‘भ्रमको खेती कति दिन सम्म । आधिकारिक हुन त पहिले दुई वा दुईभन्दा बढी नेविसंघको नाममा दर्ता वा उम्मेदवारी हुनुपर्यो नि । स्वतन्त्र समूह दर्ता गरेर उम्मेदवारचाँहि आधिकारिक कसरी भयो ?,’ प्रश्न गर्दै उनले लेखेकी छन्, ‘पद्मकन्यामा एउटा नेविसंघ छ र टिम पनि एउटै लड्दै छ ।’

यसअघि नेविसंघ अध्यक्ष शेर्पाको नाममा सार्वजनिक भएको पत्रमा ऐरको नेतृत्वमा दर्ता भएको समूह आधिकारिक भएको उल्लेख थियो ।

‘नेविसंघको आधिकारिक समर्थन श्री भुपी ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु,’ पत्रमा लेखिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ३५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील