स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश « Khabarhub

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव नियुक्तिका विषयमा सर्वोच्चले कारण देखाउ आदेश दिएको छ । 

मन्त्रालयको सचिव नियुक्तिमा असनतुष्टी जनाउँदै अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रले शुक्रवार रिट दायर गरेकी थिइन् । उक्त विषयमा सर्वोच्चले आइतबार सरकारलाई कारण देखाउ आदेश दिएको हो । 

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेशका साथै छलफलका लागि दुवै पक्ष (नेपाल सरकार र असन्तुष्ट डा.मिश्र) लाई छलफलमा बोलाएको छ । सरकारले २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा। विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । 

१२ फागुनमा पूर्व सचिव डा. रोसन पोख्रेलको ५ वर्षे (१२ औ तहसहित) कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरू डा मिश्रा, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । डा. देवकोटा सचिव नियुक्ति भएलगत्तै सचिवको जिम्मेवारी सम्हालेका छन् भने डा. बराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।  

तर तीनजनामा आफू सिनियर भएको र लोकसेवाले सिफारिस गर्दा पनि पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएको भन्दै डा. मिश्राले सरकारको सचिव नियुक्तिमा असहमति राख्दै आएकी थिइन् ।

उनले स्वास्थ्यमन्त्री पौडेलले आफूमाथि पटक पटक अन्याय गरेको भन्दै सार्वजानिक रुपमा राजिनामा माग गरेकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ४३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील