अमेरिकामा आएको आँधीमा ४० जनाको मृत्यु « Khabarhub

अमेरिकामा आएको आँधीमा ४० जनाको मृत्यु


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।

कान्सासमा ‘गम्भीर धुलोको आँधी’ को समयमा कम दृश्यतामा कारण ५० भन्दा बढी सवारी साधन समावेश भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

ओक्लाहोमामा राज्यभरि जंगली आगो र तीव्र हावा चल्दा चार जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

‘हामी दक्षिण र मध्यपश्चिमका धेरै राज्यलाई असर गरेको गम्भीर आँधीबेहरी र तूफानलाई सक्रिय रूपमा निगरानी गरिरहेका छौँ’, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आइतबार पोस्ट गरे ।

अर्कान्सासमा नेसनल गार्ड सेना तैनाथ गरिएको उनले बताए । त्यहाँ अधिकारीहरूले आँधीमा तीन जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।

‘क्षति ठूलो छ’, मिसौरीका गभर्नर माइक केहोले त्यस राज्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि एक विज्ञप्तिमा भन्नुभयो, ‘घर र व्यवसायहरू ध्वस्त भएका छन्, सम्पूर्ण समुदायहरू बिजुलीविहीन छन् र पुनःप्राप्तिको बाटो सजिलो हुनेछैन ।’

यसअघि मिसौरी स्टेट हाईवे गस्तीले आँधीबेहरीसँग सम्बन्धित १२ जनाको मृत्युको पुष्टि गरेको थियो र मौसमले विनाश गरेको मरिनामा एक अर्कामाथि थुप्रिएका डुङ्गाहरूका तस्बिरहरू साझा गरेको थियो ।

टेक्सासमा स्थानीय अधिकारीहरूले धुलोको आँधी र आगोका कारण सडकमा दृश्यता कम भएका कारण सवारी दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।

नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार संयुक्त राज्य अमेरिकामा गत वर्ष लगभग एक हजार आठ सय आँधीसहित दोस्रो सबैभन्दा धेरै बबन्डर देखिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ६ : ४२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ