‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी « Khabarhub

‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट अपेक्षित साथ पाएको निर्माण पक्षको दाबी छ ।

यस फिल्मले प्रदर्शनको सुरुवाती चार दिनमा दुई करोड तीन लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको हो।

फिल्मका निर्माता अमित अग्रहरीले बिहीबार, शुक्रबार, शनिबार र आइतबारको ग्रस कलेक्सन उक्त रकम बराबर भएको दाबी गरे ।

फिल्मका नायक सुशिल श्रेष्ठले पनि सामाजिक सञ्जालमा फिल्मले दुई करोडभन्दा बढी कलेक्सन गरेको दाबी गरेका छन् ।

नायक श्रेष्ठले लेखेका छन्, ‘दर्शकहरूको अपार माया र समर्थनले आउट ल : दफा २१९ नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउँदैछ !’

यो फिल्म सोमबार पाँचौ दिनमा प्रदर्शनरत छ । नायक श्रेष्ठसहित नरेश पौडेल, शिक्षा संग्रौला प्रमुख भूमिकामा छन् ।

सामाजिक कथामा एक्सन मिश्रण गरी निर्माण भएको यस फिल्मले न्यायको विषय उठान गरेको छ । फिल्ममा बिक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : ३५ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्