इन्जिनियर कुटिएको घटनाको विराेध, दोषीलाई कारबाही गर्न माग « Khabarhub

इन्जिनियर कुटिएको घटनाको विराेध, दोषीलाई कारबाही गर्न माग


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि कुटपिट भएपछि कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । 

कर्णाली प्रदेशका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ती निकालेर घटनाको दोषीलाई कारवाही गर्न माग गरेका हुन् । 

संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले ‘निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक, जनमुखी र प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना भएका निजामती क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनहरूले आफ्ना हक अधिकारहरू स्थापित गराउन, सेवाको सुरक्षाको प्रत्याभूत गर्न र कर्मचारीहरूको कार्यस्थलको सुरक्षाको ग्यारेण्टीको लागि निरन्तर क्रियाशील रहँदै सार्वजनिक प्रशासनलाई गरिमामय सेवाको रुपमा स्थापित गर्न निरन्तर लागिरहेको विषय सर्वविदितै छ,’ भनेका छन्, ‘जुनसुकै विवाद र समस्याको समाधान वार्ता, संवाद र सामूहिक सौदाबाजीको माध्यमबाट निकाल्न सकिन्छ भन्ने ट्रेड युनियनहरूको ठहर रहेको छ। कार्यस्थलमा सेवा प्रवाह गरिरहेका कर्मचारीमाथि जिम्मेवार व्यक्तिबाट हुने अमानवीय, गैरकानूनी र आपराधिक घटनाको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ। कार्यालयको काममा खटिएको कर्मचारीमाथि कुटपिट गर्ने र अभद्र व्यवहारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौँ ।’ 
 
चैत्र ३ गते जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–६ को सीता माध्यामिक विद्यालय, कार्कीज्युलाको दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले बारेकोट गाउँपालिकाको कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर पुन माथि हातपातसहित कुटपिट भएको थियो । 

कुटपिट गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ०८ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ