ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी « Khabarhub

ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – एक अमेरिकी न्यायाधीशले अदालतको राष्ट्रपति ट्रम्प प्रशासन माथि अदालतको अपहेलनको मुद्दा लगाउने सकिने बताएका छन्।

गत महिना अदालतको आदेशको बेवास्ता गर्दै दुई सय भन्दा बढीलाई डिपोर्ट गर्दै एल साल्भाडोर लगेको विषयमा ती न्यायाधीशले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रशासनले २२७ वर्षअघि युद्धको समयमा सुरक्षित हुन पाउने कुरालाई बेवास्ता गरेको जनाइएको छ।

यस विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चुयङले राष्ट्रपति आतङ्कवादलाई निर्मूल गर्न चाहेको कारण यो डिपोर्ट भएको बताउँछन्।

न्यायाधीश जोर्ज बोर्गले अपहेलनको प्रक्रिया सुरु गरेपछि अमेरिकामा न्यायालय र ट्रम्प प्रशासन बीचको दुरी अझ बढेको छ।

बोजबर्गले प्रशासनले आफूले गरेको सम्पूर्ण निर्णयको प्रक्रियाको जानकारी गराउन सक्ने समेत उनले बताए। यसका लागि २३ अप्रिलको समय सीमा दिइएको छ। २३ अप्रिलमा प्रशासनले सबै कुरा जानकारी नगराएका अदालतको निर्णयको अवज्ञा गरेको विषयमा संलग्न भएका व्यक्तिको विषयमा छानबिन गरिने समेत उनले बताए।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ८ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै