माओवादी जागरण अभियान : नन्दकिशोरलाई लिएर भैरहवामा प्रचण्डको ‘मर्निङ वाक’ « Khabarhub

माओवादी जागरण अभियान : नन्दकिशोरलाई लिएर भैरहवामा प्रचण्डको ‘मर्निङ वाक’


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रूपन्देही पुगेका छन् । पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड रूपन्देही पुगेका हुन् ।

बुधबार नवलपरासी हुँदै रूपन्देहीको भैरहवा पुगेका दाहाल आज बिहानै कार्यकर्ताका साथ ‘मर्निङ वाक’मा निस्केका छन् । प्रचण्ड आज रूपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

यसपटकको जागरण अभियानमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसमेत सहभागी छन् ।

नयाँ वर्षको अवसर पारेर माओवादीको तराई–मधेश जागरण अभियान वैशाख १ गते नवलपुरको गैँडाकोटबाट पुनः सुरु गरेको हो ।

यसअघि फागुन १२ गते झापाबाट सुरु भएको अभियान काठमाडौँमा राजावादीको गतिविधि बढेको भन्दै फागुन २४ गते रौतहट पुगेर स्थगित गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ९ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।