रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ? « Khabarhub

रास्वपा सहमहामन्त्री सुमनाले किन दिइन् राजीनामा ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।

श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि आज कुरा बाहिर आएको हो ।

राजीनामा बुझाउनु अघि श्रेष्ठ र सभापति लामिछानेबीच लामो संवाद र कुराकानी भएको थियो । उनले पार्टीमा एक व्यक्ति एक जिम्मेवारी हुनुपर्ने भन्दै सभापति लामिछानेलाई राजीनामा पत्र बुझाएको उनको सचिवालयले बताएको छ ।

कुराकानीमा नयाँ पुस्ता पार्टी रूपान्तरणको पक्षमा भएकाले एक व्यक्ति र एक पद हुनुपर्ने भन्दै सभापतिलाई कन्भिन्स गराएर आफूले राजीनामा पत्र बुझाएकी थिइन्। 

एक व्यक्ति एक पदको विषयमा सभापति लामिछाने पनि कन्भिन्स भएर केन्द्रीय समिति बैठकले यसको निर्णय गर्ने भन्दै दुई नेताहरूको बीच छलफल भएको थियो । यस विषयमा आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । श्रेष्ठको राजीनामा कार्यवाहक सभापति डीपी अर्यालसँग रहेको बताइएको छ । 

‘माननीयज्यूले एक व्यक्ति एक पद हुनुपर्छ भन्ने अडान राखेर आफू संसदीय जिम्मेवारी सम्हाल्ने भन्दै राजीनामा पत्र बुझाउनुभएको हो । सभापति पनि यो विषयमा कन्भिन्स हुनुहुन्थ्यो’, श्रेष्ठको सचिवालयले भन्यो, ‘संसदीय जिम्मेवारीमा भएको हिसाबले गर्दा पार्टीको जिम्मेवारीका कामहरू कतिपय ओझेलमा पर्ने भन्दै अर्को व्यक्तिलाई आफ्नो पद दिन उहाँले राजीनामा बुझाउनुभएको हो।’

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ११ : ४१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल